कला


‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १५:२७, काठमाडौँ

फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ।

यस गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा  आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ। उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ।

भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्शाइरहेको छ।

आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादव कुमार भट्टराईले बताए। यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जनाए।

यस फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्। फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका निर्देशक भट्टराईले यसअघि झोला र भोर निर्देशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad