फिल्म ‘के घर के डेरा: घर नं २’ को नयाँ प्रदर्शन मिति तय भएको छ। निर्माणटिमले ३ पोस्टर सार्वजनिक गर्दै रिलिजमिति परिवर्तन गरेको जानकारी दिएको हो।
यसअघि यो फिल्म जेठ ९ गते रिलिज हुने भनिएको थियो। अब एक साता पहिले अर्थात जेठ २ मा प्रदर्शन हुनेछ।
सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्न सकिन्छ।
यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ। यसैगरी, दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ।
तेश्रो पोस्टरमा सिनेमाका अधिकाशं मुख्य पात्रहरु अटाएका छन्। यस पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जीन्दगीमा उनीहरुको मनोदशामा प्रस्तुत गरेको छ।
यस पोस्टरमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भिर, चिन्ताग्रस्त र गम्भिर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देख्न सकिन्छ।
‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन्। नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको सिनेमामा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन्।
यस फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
Shares

प्रतिक्रिया