कला


‘वसन्त’ गीत ‘हेर्दै आँखामा’ मा प्रेमिल देखिए प्रकाश र स्वस्तिमा

‘वसन्त’ गीत ‘हेर्दै आँखामा’ मा प्रेमिल देखिए प्रकाश र स्वस्तिमा

नेपालखबर
चैत १८, २०८१ सोमबार १२:३, काठमाडौँ

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशन रहेको फिल्म ‘वसन्त’ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ। नेपालका विभिन्न लोकेशन र भारतको गोवामा खिचिएको गीतमा प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ।

सिनेमाको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो। 

पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिष जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए। ‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्त्व देखिने विश्वास व्यक्त गरे।

 सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । जसले सिनेमाको कथा र त्यसको मर्मलाई चित्रण गर्ने उनको भनाई छ। 

सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्। सिनेमा निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत अनि योगेश काजी शाहको संगीत संयोजन छ। सुशन प्रजापतिले खिचेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ।

चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज हुने फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ। 

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ। 

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad