कला


‘नेपाल आइडल सिजन ६’को अडिसन चैत पहिलो सातादेखि सुरु हुने

‘नेपाल आइडल सिजन ६’को अडिसन चैत पहिलो सातादेखि सुरु हुने

नेपालखबर
फागुन १९, २०८१ सोमबार १२:५६, काठमाडौँ

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ६’ अडिसन चैतको पहिलो हप्तादेखि सुरु हुने भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनबीच नेपाल आइडल टिमले अडिसनबारे जानकारी दिएको हो। 

यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने आयोजकको भनाइ छ।

यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ। जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौँ सिजनका निर्णायकहरू न्हु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन्। त्यसैगरी, कार्यक्रम प्रस्तोता आसिफ शाह हुनेछन्।

अडिसन चरण अन्तर्गत झापाको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन ६ प्रस्तुत गरिनेछ। 

नेपाल आइडलले आफ्नो यात्रा सन् २०१७ मा सुरु भएको हो। हालसम्म नेपाल आइडलका पाँच विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad