ग्लोबल


कंग्रेस नेतृ हिमानी हत्याका आरोपित भन्छन्: शारीरिक सम्बन्धको भिडिओ बनाएर लाखौँ असुलिन्

कंग्रेस नेतृ हिमानी हत्याका आरोपित भन्छन्: शारीरिक सम्बन्धको भिडिओ बनाएर लाखौँ असुलिन्

कंग्रेस नेतृ हिमानी नरवाल


नेपालखबर
फागुन १९, २०८१ सोमबार १२:५६, काठमाडौँ

भारतको हरियाणामा कंग्रेस नेतृ हिमानी नरवालको हत्या आफूले गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका व्यक्तिले यौन सम्बन्धको भिडिओ बनाएर बारम्बार पैसा असुलेपछि दिक्क भएर त्यस्तो अपराध गरेको प्रारम्भिक बयान दिएका छन्। 

हिमानीको हत्या आफूले गरेको स्वीकार गर्दै सचिन नाम गरेका व्यक्तिले  आइतबार राति अबेर नागलोई प्रहरी चौकीमा आत्मसमर्पण गरेका हुन्। 

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार अहिलेसम्मको सोधपुछमा सचिनले धेरै सनसनीपूर्ण दाबी गरेका छन्। उनले प्रहरीलाई बताएअनुसार उनी र हिमानी एक वर्षअघि सामाजिक सञ्जालबाट साथी बनेका थिए।

यस क्रममा यही मार्च २ तारिख हिमानीले सचिनलाई आफ्नो घर बोलाइन्। राजीखुसीमा शारीरिक सम्बन्ध राखिन्। हिमानीले त्यसको भिडिओ बनाइन्। अनि त्यही भिडिओको आधारमा ब्ल्याकमेल गर्दै आफूबाट लाखौँ रुपैयाँ असुल गरेको सचिनले दाबी गरेका छन्। 

उनका अनुसार हिमानीलाई ३ लाखभन्दा बढी रुपैयाँ दिइसक्दा पनि थप रकम मागेको माग्यै गर्न थालिन्। त्यस दिन हिमानीले सचिनसँग पैसा मागिरहेकी थिइन्। सचिनले उनलाई धेरै सम्झाउने प्रयास गरे तर हिमानी मान्दै मानिनन्।

यसपछि आफूले मोबाइल चार्जरको तारले घाँटी कसेर हिमानीको हत्या गरेको सचिनको भनाइ छ।

हत्यापछि शव घरमै छाडेर सचिन बहादुरगढको कानोदा गाउँमा रहेको आफ्नो पसलमा गए। जहाँ उनी मोबाइलका सामानको पसल चलाउँछन्। 

तर शव व्यवस्थापन गर्न सचिन फेरि हिमानीको घरम फर्किए। शवलाई सुटकेसमा राखे र पहिले रिक्सा र पछि बसबाट साम्पला बसपार्क पुगे। त्यहाँ उनले त्यो सुटकेस फ्याँकेर भागे। त्यहाँका मानिसले यस्तो देखेपछि प्रहरीलाई खबर गरे। प्रहरीले सुटकेस खोल्दा कंग्रेस नेतृ हिमानी नरवालको शव फेला पर्‍यो।

समाचारअनुसार बहादुरगढका सचिन कनोडा गाउँमा मोबाइल सामानको पसल चलाउँछन्। सचिन विवाहित हुन् र उनका दुई छोराछोरीसमेत भइसकेका छन्। 

यद्यपि यस विषयमा आज प्रहरीले पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad