कला


सकियो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन

सकियो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन

नेपालखबर
माघ ३०, २०८१ बुधबार १३:९, काठमाडौँ


एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ। सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरिएको थियो। 

जसमा एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडिओ पठाएका थिए। तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको आयोजकले जनाएको छ। 

अडिसन नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए। 

सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन्। अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिए।

चर्चित कलाकार नीर शाहदेखि रंगकर्मी तथा निर्देशक अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’ को छनोट गर्नेछन्। 

अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रशारण हुनेछ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad