कला


युवराज कार्कीको निर्देशनमा फिल्म ‘मनको बाँध’ बन्ने

युवराज कार्कीको निर्देशनमा फिल्म ‘मनको बाँध’ बन्ने

नेपालखबर
माघ २१, २०८१ सोमबार १५:१८, काठमाडौँ

चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीको निर्देशनमा फिल्म ‘मनको बाँध’ बन्ने भएको छ। सोमबार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन्।

‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन्। अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन।

नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन्। उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए।

त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्टप्रोडक्सनमा रहेको छ।

‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ। यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले जानकारी दिए।

२०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले ‘मनको बाँध’ नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो। प्रकाश थापाको निर्देशनमा बनेको उक्त फिल्ममा सल्यान के।सी। र सुष्मा शाही मुख्य भूमिकामा थिए। त्यसै नामको सापटी लिएर यो फिल्म बनाउन लागिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad