बलिउड अभिनेता सैफ अली खानलाई चक्कु आक्रमण गरेको आरोपमा पक्राउ परेका मोहम्मद शरिफुल इस्लाम शहजादको हिरासत अवधि थप गरिएको छ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार मुम्बईको एक अदालतले मोहम्मद शरिफुललाई जनवरी २९ सम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
मुम्बई प्रहरीले अभियुक्त बंगलादेशी हुन सक्ने आशंका गरिरहेको छ।
सैफलाई यही जनवरी १६ तारिख राति मुम्बईको बान्द्रास्थित उनकै घरमा गएर एक व्यक्तिले चक्कुले हानेका थिए। छ ठाउँमा चक्कु प्रहारपछि गम्भीर घाइते भएको सैफ ५ दिन अस्पताल भर्ना भई डिस्चार्ज भएका थिए।
चक्कु आक्रमणपछि सैफसहित उनको परिवारलाई प्रहरीले सुरक्षा दिइरहेको छ।
213
Shares

प्रतिक्रिया