मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका उत्पादनहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ।
शनिबार दिउँसो एक कार्यक्रमबीच अभिनेत्री रिमा विश्वकर्माले स्टोर्सको उद्घाटन गरेकी हुन्।
सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी वस्तुहरू उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन्।
कार्यक्रममा अभिनेत्री रिमाले सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने भनाइ राखिन्। ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ।’
मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रिमाको तर्क थियो। ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं।’
Shares

प्रतिक्रिया