आज (शुक्रबार) सिनेमा हलहरुमा दुई नेपाली फिल्म प्रदर्शन भएका छन्। ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ हलमा लागेका हुन्।
नवीन भट्ट निर्देशित फिल्म ‘फिरफिरे फिरिरी’ हरर कमेडी जनरामा बनेको हो। फिल्मको निर्माता मनोजकुमार अधिकारी हुन्।
फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, सन्दीप श्रेष्ठ, पिटर प्रिन्स, शंकर सेढाई, सूर्यमान लिम्बु लगायतको अभिनय छ। फिल्मको स्क्रिप्ट निर्देशक भट्ट र सन्दीप श्रेष्ठले मिलेर लेखेका हुन्।
मदन घिमिरेको निर्देशनमा बनेको फिल्म ‘एक्टर’ प्रिन्स थापा, शिवानी गिरी, सरोज खनाल, कृष्ण मल्ल लगायतको अभिनय छ। फिल्मको कथा र संगीत सम्राट थापाले लेखेका हुन्।
त्यसैगरि, आजबाट बलिउड फिल्म ‘आजाद’ पनि रिलिज भएको छ। अभिषेक कपुर निर्देशित यस फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन्। यो फिल्म एड्भेन्चर ड्रामा जनरामा बनेको हो।
Shares

प्रतिक्रिया