पूर्वेली गायक वासुदेव राईले गायिका सुप्रिया राईलाई ‘तिम्रै लाग्छ माया’ भन्दै हौस्याएका छन्। केही समय अगाडि मात्र भोजपुरै दिङ्ला बजारमा ल्याएका राईको तिम्रै लाग्छ माया तेश्रो प्रस्तुतिको रुपमा आएको छ।
पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा आएको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने दिनेश राजबाहकको संगीत संयोजन रहेको छ।
समिर राईले छायांकन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन्। पूर्वेली मौलिक स्वरमा अब्बल गायक बासुदेव राईले श्रोताहरुको माग बमोजिम तत्कालै अर्को प्रस्तुति ल्याउने गरी तयारी गरिरहेको बताए।
3
Shares
प्रतिक्रिया