गतवर्षको हिट फिल्म ‘परदेशी २’ ओटीटी प्लेटफर्ममा आउने भएको छ।
फिल्मका निर्देशक नारायण रायमाझीले सोमबारबाट फिल्म ‘एमएसएम भिडियो’ मा स्ट्रिमिङ हुने जानकारी दिए।
यो फिल्म संसारभर रहेका दर्शकले सहज रुपमा हेर्न पाउन् भनेर ओटीटीमा ल्याएको उनको भनाइ छ। गायक प्रकाश सपुतको डेब्यु फिल्म गतवर्षको दसैंमा रिलिज भएको थियो।
नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा नारायणसँगै राजेश बंशल निर्माता हुन्। फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।
यस फिल्ममा प्रकाशसँगै केकी अधिकारी, वर्षा शिवाकोटी,नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ।
चर्चित गीतकार समेत रहेका निर्देशक रायमाझीले निर्देशन गरेका ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका फिल्म बक्सअफिसमा हिट छन्।
Shares

प्रतिक्रिया