कला


कुञ्ज थिएटरमा आजदेखि नाटक ‘यशस्वी भवः’

कुञ्ज थिएटरमा आजदेखि नाटक ‘यशस्वी भवः’

नेपालखबर
पुस ३, २०८१ बुधबार ११:५२, काठमाडौँ

शिल्पशाला कुञ्ज थिएटरमा नाटक ‘यशस्वी भवः’ मञ्चन हुने भएको छ।

रङ्गकर्मी एवं नाटककार राम केए सीको लेखन/निर्देशन रहेको यो नाटक आजदेखि मञ्चन हुने भएको हो।

नाटकमा अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबीचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तर्सम्बन्धको विषय उठान गरेको निर्देशक सीले बताए। 

सद्‌भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेसन नेटवर्कको सहकार्यमा निर्माण भएको हो। सद्‌भाव थिएटर नेपालले सुरुवात गरेको शिक्षाका लागि रङ्गमञ्च अभियानलाई निरन्तरताको लागि यो नाटक मञ्चन हुन लागेको हो।

नाटकमा रेशिका श्रेष्ठ, सद्‌भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदीक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दीपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरको अभिनय रहनेछ। यो नाटक पुस ६ गतेसम्म चल्नेछ। 

चौथो लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव २०८१ मा यो नाटक मञ्चन भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad