दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक तीनवटा पोस्टरमा मुख्य कलाकारहरुलाई स्थान दिइएको छ।
पहिलो पोस्टरमा दयाहाङ मात्रै देखिन्छन्। दोस्रो पोस्टरमा दयाहाङ र आँचललाई प्रेमिल भावमा देख्न सकिन्छ। र, तेस्रो पोस्टरमा फिल्मका अन्य कलाकारहरुलाई स्थान दिइएको छ।
फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर आरती आचार्य, निमा पाण्डे, इंगिहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतले अभिनय छ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा दीपेन्द्र लामाको लेखन र निर्देशन छ। यो फिल्म आगामी भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेबाट रिलिज हुनेछ।
Shares

प्रतिक्रिया