कला


सौगात अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक

सौगात अभिनीत फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १९:८, काठमाडौँ

सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ। सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन्।

ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ। यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ। शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन। शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखिएको छ। यो ट्रेलर शाहिल खानले सम्पादन गरेका हुन्।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र रहेको निर्देशक जोन राईले बताए। नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ।

निर्देशक राईले यो चलचित्रलाई भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको रूपमा परिभाषित गरे। निर्माता सञ्जीव सार्कीले आजका र भोलीका सन्ततिले आफ्नो इतिहास बिर्सिन नहुने ध्येयले यो चलचित्र बनाएको बताए।

बिस्ट ब्रदर्स फिल्म्स प्रा।लि।को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन्। अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ। यो फिल्म पुस ५ गते रिलिज हुनेछ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्।

यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्। चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन्।

वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad