गायक शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ।
जी. एम. दीपु दीपेन्द्र युट्युब च्यानलमार्फत सार्वजनिक गीत मर्मस्पर्शी छ।
दीपु दीपेन्द्रको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत तथा मिक्सिङ छ।
गीत विशाल निरौलाले एरेन्ज गरेका हुन्। गीतको भिडिओमा आश्मा गिरी र अनुप जंग थापा (विचित्र) को अभिनय छ।
प्रेमीबीच माया-प्रेम र शंकाले जीवनमा पर्ने उतारचढावलाई समेटेको छ।
भिडिओमा लिजन बराइली र श्रीजन सुनारले बाल कलाकारका रूपमा काम गरेका छन्। सञ्चारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतलाई मुकेश हुमागाईंले खिचेका हुन्।
गीतमा मीन रावलको सम्पादन तथा कलरिङ छ।
21
Shares

प्रतिक्रिया