युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको गीत ‘बार्दली’ लाई करोड क्लबमा हेरिएको छ। कात्तिक ११ गते सार्वजनिक गीतले दुइसातामा करोड भ्युज पाएको हो।
सोमबार दिउँसोसम्म यस गीतलाई १ करोड ३६ लाख पटक हेरिएको छ।
सार्वजनिक भएसँगै यस फिल्मले चर्चा पाइरहेको छ। म्युजिकतर्फ ट्रेन्डिङको पहिलो स्थानमा रहेको गीत टिकटकदेखि रिल्समा भाइरल छ।
गीतमा शुसान्तकै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडिओमा मल्टिस्टारहरुको अभिनय देख्न छ।
गीतको भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, शशांक बोहरा, इन्द्रकला राई, निश्चल बस्नेत, आना शर्मा स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठको अभिनय छ। अन्जोन लिम्बुको निर्देशन रहेको गीतको भिडिओलाई नयन राईले खिचेका छन्।
75
Shares

प्रतिक्रिया