कला


मञ्चनमा केदार श्रेष्ठको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’

मञ्चनमा केदार श्रेष्ठको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १२:१५, काठमाडौँ

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ। शनिबार प्रिमियर गरिएको यस नाटकको नियमित मञ्चन भइरहेको छ।  

दयाहाङ राई निर्माता रहेको यो नाटक मंसीर १६ गतेसम्म चल्नेछ।  यो नाटक मण्डला थिएटरले यसवर्ष घोषणा गरेका १४ मध्येको एक नाटक हो। 

यस नाटकमा रंगकर्मी केदार श्रेष्ठको लेखन र निर्देशन रहेको छ। नाटकमा कलाकार कार्म र मेनुका प्रधानको अभिनय रहेको छ। 

नाटकमा कार्म र मेनुका दम्पतीको भूमिकामा देखिएका छन्। सन्तान सुखको आशमा बसेका दुबैले अचानक भोग्नुपरेको परिस्थिति र कठिनाइलाई नाटकमा प्रस्तुत गरिएको छ। 

लेखक तथा निर्देशक श्रेष्ठले आठ-नौं वर्षदेखि मनमा बसेको कथालाई नाटकमा रुपमा ल्याएको बताए। 

दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad