बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ। यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको यो धम्कीमा पैसा नतिरे सलमानको ज्यान लिने बताइएको छ। म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेका छन् ।
५ दिनअघि २५ अक्टोबरमा पनि सलमानलाई सोही तरिकाले मार्ने धम्की आएको थियो। अभियुक्तलाई मुम्बई प्रहरीले मंगलबार नोएडाबाट पक्राउ गरेको हो। उनको पहिचान मोहम्मद तैयब रहेको छ।
एसीपी नोएडा प्रवीण कुमार सिंहका अनुसार आरोपीलाई सुरजपुर अदालतमा पेश गरिनेछ। त्यहाँबाट मुम्बई प्रहरीले उनलाई ट्रान्जिट रिमाण्डमा लिनेछ।
तय्यबले २५ अक्टोबरको साँझ एनसीपी नेता बाब सिद्दिकीका छोरा जिशान सिद्दिकीको बान्द्रा कार्यालयमा सन्देश पठाएका थिए। जसमा सलमान खान र जिशानलाई फिरौती नतिरे ज्यान मार्ने धम्की दिइएको थियो। जिशानका एक कर्मचारीले प्रहरीमा एफआईआर दर्ता गरेका थिए।
बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो। यो धम्की मुम्बई ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको थियो। धम्की दिनेले आफू लरेन्स गिरोहको सदस्य भएको दाबी गरेको थियो।
मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’
मुम्बई प्रहरीले उनलाई अक्टोबर २३ मा झारखण्डको जमशेदपुरबाट पक्राउ गरेको थियो।
६ महिनामा २ घटनापछि सलमानको सुरक्षा बढाइएको थियो। यसैवर्ष सलमानलाई धम्कीसहित ज्यान मार्ने हमला भइसकेको छ।
गत अप्रिलमा सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो। लरेन्स समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छ।
Shares

प्रतिक्रिया