कला


सकियो फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायांकन

सकियो फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायांकन

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १६:२९, काठमाडौँ

फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो सेड्युलको छायांकन सकिएको छ। दशैं लगत्तै सुरु गरिएको सिनेमाको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो।

सिनेमाको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए। फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ। पहिलो सेड्युल छायांकन उत्साहजनक रहेको अनुभव पनि निर्माण कडेलले सेयर गरेका छन्।

यो फिल्म २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो। फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन्। विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ।

मेनुका प्रधानसँगै सिनेमामा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्।

सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ। ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह९निर्मातामा एनी थापा छन्।

सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण निरोज महर्जन र आकाश बरालको पटकथा र सुसन प्रजापतीको छायांकन रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad