कला


अनमोलको फिल्म ‘जेरी अन टप’ मा भुवन केसी पनि

अनमोलको फिल्म ‘जेरी अन टप’ मा भुवन केसी पनि

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १६:२३, काठमाडौँ

अभिनेता भुवन केसी फिल्म ‘जेरी अन टप’ मा देखिने भएका छन्। उनी तीन वर्षपछि अभिनयमा फर्किन लागेका हुन्।

भुवनकै छोरा अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मको सोमबारबाट छायांकन सुरू हुँदैछ। यस फिल्ममा भुवन अनमोलको बुवाकै भूमिकामा देखिँदैछन्।

भुवन पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको ‘डाँडाको वरपीपल’ मा देखिएका थिए। त्यसपछि उनी २ वर्ष चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा रहे।

यस फिल्ममा भुवन बुवा बन्दा विपना थापा भने अनमोलको आमाको भूमिका निर्वाह गर्देछिन्। सन् २००६ मा रिलिज भएको ‘मानिस’ पछि भुवन र विपना एकसाथ सहकार्य गर्न लागेका हुन्।

सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बूढा’ लगायतको अभिनय रहनेछ। अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन्।

काठमाडौंसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad