कला


एकअर्काकालाई दुश्मन मान्ने पूजा र सुष्मा बने मिल्ने साथी!

एकअर्काकालाई दुश्मन मान्ने पूजा र सुष्मा बने मिल्ने साथी!

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १४:४७, काठमाडौँ

अभिनेत्रीद्वय पूजा कार्की र सुष्मा कार्कीबीचको लामो समयदेखिको दुश्मनी मित्रतामा बदलिएको छ। कुनै समय एकअर्काबारे मिडियामा जथाभावी बोल्ने उनीहरु अहिले भने मिल्ने साथी बनेका छन्।

केही समयअघि अष्ट्रेलियामा भएकी सुष्मा दसैं मान्न नेपाल आएकी थिइन्। यसैबीच, सुष्माले पूजालाई भेटेकी छिन्।

आइतबार ‘सुष्मा कार्की २०२३’ टिकटक अकाउन्डमा एउटा भिडिओ सार्वजनिक भएको छ। जसमा सुष्माले पूजासँग अँगालो हाल्दै टिकटक बनाएकी छिन्।

‘हुआ मुझे भी प्यार हुआ’ हिन्दी गीतमा एकसाथ टिकटक बनाएका उनीहरु निकै खुसी देखिएका छन्। साथै क्यापसनमा स्विट हार्ट लेखिएको छ।

भिडिओको ब्याकग्राउन्ड हेर्दा पूजाको झम्सीखेलस्थित ट्याग रेस्टुरेन्टको हो। यसअर्थमा सुष्मा पूजालाई भेट्न ट्याग नै पुगेकी थिइन्। सुष्माले हालेको यस भिडिओलाई सात लाख बढी भ्युज मिलेको छ।

धेरै टिकटक प्रयोगकर्ताले उनीहरु मिल्नुलाई आश्चर्यको रुपमा हेरेका छन्। हुन पनि एकअर्काको देखिनसक्नेले यसरी मिल्नु दर्शकलाई अचम्म लाग्नु स्वभाविकनै हो।  

पूजा र सुष्माको दुश्मनी एकदशक भइसक्यो।  निर्देशक सुदर्शन थापाको फिल्मबाट सुष्मालाई हटाएर पूजालाई लिएपछि उनीहरुको दुश्मनी सुरु भएको थियो। सुश्माले धेरैजसो पूजाबारे जथाभावी बोल्दै आएकी थिइन्।

पूजाको कमजोरी औंल्याउदै उडाउनु सुश्माकै काम बनेको थियो। पूजा पनि के कम। उनीपनि सुश्माप्रति कटाक्ष गर्थिन्। सिनेक्षेत्रमा उनीहरुलाई ठूला दुश्मनको रुपमा हेरिन्थ्यो।

तर, गतवर्षदेखि पूजा र सुष्मा एकअर्कासँग बोल्न सुरु गरे। दुबै मिल्नुको पछाडि रेखाको हात छ। रेखाको फिल्म ‘उपहार’ मा काम गरेपछि उनीहरु नजिकएका थिए। किनकी फिल्मका केही सिनमा दुबै एकसाथ देख्न सकिन्छ।

त्यसपछि उनीहरुबीच घन्टौं म्यासेन्जरमा कल हुने गरेको बताइन्छ। नेपाल फर्किनासाथ पूजालाई भेट्न जानुलाई उनीहरुबीच निकै गहिरो दोस्ती भएको बुझ्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad