बागमती


बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १४:५१, हेटौंडा

बागमती प्रदेश लोक सेवा आयोगका नव नियुक्त अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

श्रेष्ठले सोमबार (आज) शपथ खाएका हुन्।

प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरेका थिए।

मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। २०७६ मंसिर २६ मा गठित आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण गत चैत ३ गते पदावधि सकिएपछि उक्त पद खाली थियो।

श्रेष्ठ बिहीबार मात्रै सरकारी सेवाबाट अवकाश भएका हुन्। उनी यसअघि लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए। त्यसअघि उनले स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको रूपमा समेत काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad