चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।
एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए।
अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।
क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थालेका थिए।
बीबीसीको मराठी सेवाका अनुसार तर पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको निधन भएको हो।
भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत अभिनेता अतुल परचुरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
चतुरस्त्र अभिनेत्याची अकाली एग्झिट :
— Eknath Shinde - एकनाथ शिंदे (@mieknathshinde) October 14, 2024
रसिक प्रेक्षकांना कधी खळखळून हसवणारे, कधी डोळ्यात आसू उभे करणारे. कधी अंतर्मुख करणारे अभिजात अभिनेते अतुल परचुरे यांचे अकाली निधन वेदनादायी आहे. अतुल परचुरे यांनी बालरंगभूमीपासू्नच आपली देदिप्यमान अभिनय कारकीर्द गाजवली. नाटक, चित्रपट, मालिका… pic.twitter.com/RqvCuXSmCn
Shares

प्रतिक्रिया