कला


बाबा सिद्दिकीको हत्यामा लरेन्स बिश्नोई जोडिएपछि बढाइयो सलमानको सुरक्षा

बाबा सिद्दिकीको हत्यामा लरेन्स बिश्नोई जोडिएपछि बढाइयो सलमानको सुरक्षा

फाइल तस्बिर: सलमान खान


नेपालखबर
असोज २८, २०८१ सोमबार ८:२९, काठमाडौँ

भारतको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राज्यका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोह जोडिएपछि बलिउड अभिनेता सलमानको सुरक्षामा कडाइ गरिएको छ। 

बलिउडसँग निकट सम्बन्ध रहेका तथा सलमानका सहयोगीसमेत रहेका बाबालाई शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको हो। जसको जिम्मेवारी सलमानलाई ज्यान मार्ने धम्की दिइरहेको लरेन्स बिश्नोईको समूहले लिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार लरेन्स बिश्नोई गिरोहका सदस्य शुभु लोन्करले बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएका हुन्। शुभुले सामाजिक सञ्जालमार्फत स्पष्ट रूपमा सलमान खानको पनि नाम लिएका छन्। जसमा उनले जसले सलमान वा दाउद गिरोहलाई सहयोग गर्छ उसले आफ्नो ख्याल राख्नुपर्ने चेतावनी दिएका छन्। 

त्यसयता सलमानको सुरक्षामा थप कडाइ गरिएको हो। उनीसँगै उनको घरको सुरक्षा पनि बढाइएको छ। इन्डिया टुडेको रिपोर्टअनुसार सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा गार्ड तैनाथ गरिएको छ।

यसैबीच बाबा सिद्दिकी हत्याको जिम्मेवारी लिएपछि लरेन्स बिश्नोईले जेलबाटै भिडिओ कलमा कुरा गरेको भिडिओ भाइरल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad