ad ad

कला


गान्धी विचारमा आधारित यी ५ फिल्म, जसले परिवर्तन गर्न सक्छन् जीवन दृष्टिकोण

गान्धी विचारमा आधारित यी ५ फिल्म, जसले परिवर्तन गर्न सक्छन् जीवन दृष्टिकोण

नेपालखबर
असोज १६, २०८१ बुधबार १४:१३, काठमाडौँ

आज गान्धी जयन्ती। हरेक वर्ष अक्टोबर २ मा गान्धी जयन्तीसहित अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइन्छ। महात्मा गान्धीलाई भारतमा राष्ट्रपिता र ‘बापु’का रूपमा चिनिन्छ।

सन् १८६९ अक्टोबर २ मा गुजरातको पोरबन्दरमा जन्मेका महात्मा गान्धीको अहिंसाको सिद्धान्त ब्रिटिस शासनविरुद्ध स्वतन्त्रता प्राप्त गर्न विश्वका लागि उदाहरण बन्यो। 

भारतमा उनै गान्धीको व्यक्तित्वबाट प्रेरित सिनेमाहरू बनेका छन्। जसले नयाँ पुस्तालाई गान्धीको शालीनताको परिचय गराएका छन्। जुन फिल्मले तपाईंको जीवनप्रतिको दृष्टिकोण पनि परिवर्तन गर्नसक्छन्। 

गान्धी

सन् १९८२ मा रिलिज भएको फिल्म ‘गान्धी’मा बेलायती अभिनेता बेन किङ्स्लेले गान्धीको भूमिकामा देखिएका छन्। रिचर्ड एटनबरोद्वारा निर्देशित गान्धीको जीवनमा आधारित उत्कृष्ट फिल्ममध्ये एक हो।

यस फिल्ममा बेन किङ्स्लेसहित रोशन सेठ, रोहिणी हट्टागडी, अमरिश पुरीजस्ता कलाकारले पनि अभिनय गरेका छन्। यस फिल्मले ८ अस्कार अवार्ड जितिसकेको छ।

लगे रहो मुन्नाभाइ

राजकुमार हिरानी निर्देशित यो फिल्म सन् २००६ मा रिलिज भएको थियो। यस फिल्ममा सञ्जय दत्त, विद्या बालन र अरशद वारसी मुख्य भूमिकामा छन्। 

एक्सन कमेडी फिल्म भए तापनि यसमा गान्धीको आदर्शलाई रोचक ढंगले देखाइएको छ। यो चलचित्रमा मनोरञ्जनसँगै महत्त्वपूर्ण सन्देश पनि छ। र, यसले आजको आधुनिक संसारमा जीवनको मूल्य/मान्यताको वकालत गर्छ।

मैंने गान्धीको नहीँ मारा

जाहनु बरुआ निर्देशित ‘मैंने गान्धीको नहीँ मारा’लाई सन् २००५ मा अनुपम खेरले निर्माण गरेका हुन्। यस फिल्ममा अनुपम खेरसँगै उर्मिला माटोडकर मुख्य भूमिका छ। 

यसमा खेर एक सेवानिवृत्त प्रोफेसरको भूमिकामा छन्। जो अलिकति मानसिक रूपमा बिरामी हुन्छन्। उनी आफूलाई बापुको हत्याको आरोप लगाइएको सोच्छन्।

द गान्धी मर्डर

ऐतिहासिक राजनीतिक थ्रिलर फिल्म ‘द गान्धी मर्डर’ सन् २०१९ मा रिलिज भएको थियो। करिम ट्रेडिया र पंकज सहगलले निर्देशित यस फिल्मले महात्मा गान्धी हत्याका घटनाको जाँच गर्दछ। फिल्ममा स्टिफन लाङ, ल्यूक पास्क्वालिनो, ओम पुरी र विनी जोन्सले अभिनय गरेका छन्। विकास श्रीवास्तवले फिल्म द गान्धी मर्डरमा नाथुराम गोडसेको भूमिका निर्वाह गरेका थिए।

गान्धी माइ फादर

सन् २००७ मा रिलिज भएको यो फिल्म महात्मा गान्धी र उनका छोरा हिरालाल गान्धीसँगको सम्बन्धमा आधारित छ। फिल्ममा दर्शन जरीवाला गान्धीको भूमिकामा देखिएका थिए भने अक्षय खन्नाले हिरालाल गान्धी बनेका थिए। सुन्दर प्रस्तुतिको लागि यो चलचित्रले राष्ट्रिय अवार्ड पनि पाएको थियो। यसलाई फिरोज अब्बास खानले निर्देशन गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .