ad ad

कारोबार


अन्तर्राष्ट्रिय नारी दिवसमा एनआईसी एसियाले ल्यायो महिलालक्षित योजना

अन्तर्राष्ट्रिय नारी दिवसमा एनआईसी एसियाले ल्यायो महिलालक्षित योजना

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १३:१४,

 एनआईसी एसिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात् २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका महिला ग्राहकले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्युआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ। तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन। यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .