ad ad

कला


मिस स्विट्जरल्यान्डकी फाइनलिस्ट क्रिस्टिनाको हत्या उनकै पतिले गरेको खुलासा

थोमसले भने- आफू बाँच्न उनलाई मारेँ
मिस स्विट्जरल्यान्डकी फाइनलिस्ट क्रिस्टिनाको हत्या उनकै पतिले गरेको खुलासा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार २१:३१, काठमाडौँ

मिस स्विट्जरल्यान्डकी फाइनलिस्ट क्रिस्टिना जोक्सिमोविचको हत्या उनकै पति थोमसले गरेको खुलासा भएको छ। 

स्विट्जरल्यान्ड प्रहरीका अनुसन्धान अधिकारीहरूले थोमसले क्रिस्टिनाको मृत शरीरलाई धेरै टुक्रामा काटेको पत्ता लगाएका हुन्। 

उनलले यी धेरै टुक्राहरूलाई ब्लेंडरमा ग्राउन्ड गरे। यसलाई लुकाउन उनले घोलमा एसिड हालेका थिए।

स्काई न्युजको रिपोर्टअनुसार ३८ वर्षीय मोडल क्रिस्टिनाको यही वर्ष फेब्रुअरी १३ मा हत्या भएको थियो। क्रिस्टिनाको शव बिनिङ्गेन सहरमा रहेको उनको घरको लुगा धुने कोठामा फेला परेको थियो।

हत्या भएको एक दिनपछि (१४ फेब्रुअरी २०२४) प्रहरीले क्रिस्टिनाका श्रीमान् थोमस (४१) लाई पक्राउ गरेको थियो। थोमसले मार्चमा दोष स्वीकार गरेका थिए। थोमसले संघीय अदालतमा जमानतको लागि निवेदन दिएका थिए, जुन सेप्टेम्बर ११ मा अदालतले अस्वीकार गरेको थियो।

थोमसले भने- आफू बाँच्न उनलाई मारेँ
प्रहरीलाई दिएको बयानमा आरोपित थोमसले आत्मरक्षाका लागि क्रिस्टिनाको हत्या गरेको दाबी गरेका छन्। पहिले क्रिस्टिनाले आफूमाथि चक्कु प्रहार गरेको र त्यसपछि आत्मरक्षाका लागि आफूलाई उनको हत्या गरेको दाबी उनले गरेका छन्। 

स्काई न्युजका अनुसार मेडिकल रिपोर्टमा थोमसमाथि आक्रमणको कुनै संकेत भेटिएको छैन।

क्रिस्टिनाको पोस्टमार्टम रिपोर्टमा उनको पहिला घाँटी थिचेको खुलासा भएको छ।  थोमसले आफ्नो बयानमा यो कुरा स्वीकार गरेका छन्। यसपछि उनले क्रिस्टिनाको शरीरलाई लुगा धुने कोठामा आरा, चक्कु र बिरुवा छाँट्ने कैंचीको सहायताले टुक्रा पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .