ad ad

कला


कस्तो छ चलचित्र ‘खुस्मा’को ट्रेलर, हेर्नुस् भिडिओ

कस्तो छ चलचित्र ‘खुस्मा’को ट्रेलर, हेर्नुस् भिडिओ

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १९:१४, काठमाडौँ

असोज ३ गतेबाट प्रदर्शन हुने फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा धिरज मगर र उपासना सिंह ठकुरी वरिपरि घुमेको छ।

मगर समुदायको पृष्ठभूमिमा आधारित फिल्मको ट्रेलरमा सशस्त्र–माओवादी द्धन्द्वकालमा अकुंराएको धिरज र उपासनको प्रेमलाई देख्न सकिन्छ। साथै जनयुद्धको प्रभावको कथालाई पनि फिल्ममा समेटिएको छ। 

यो फिल्म अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको हो। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म थापाको पहिलो निर्देशकिय फिल्म हो।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर फिल्मको निर्माता हुन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .