ad ad

कला


प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार

पवन चामलिङलाई पद्मश्री साधना सम्मान, केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार
प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार

नेपालखबर
भदौ २४, २०८१ सोमबार ९:३८, काठमाडौँ

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ। 

प्रतिष्ठानले २० ८० सालमा प्रकाशित भएका आफूलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरेको थियो। 

संक्षिप्त सूचीमा परेका ५ पुस्तकमध्येबाट प्रा.कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पुरस्कृत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए। 

प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। 

प्रतिष्ठानका अध्यक्ष लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने बिषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ।’

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन्। गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। 

त्यसैगरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ। 

चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री बनेका थिए। 

त्यसैगरी समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्व राजदूत तथा नागरिक अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय प्रतिष्ठानले गरेको छ।

यी सबै पुरस्कारको राशि जनही ३ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ।


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .