ad ad

कला


तेस्रो ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु

तेस्रो ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु

नेपालखबर
भदौ २२, २०८१ शनिबार १२:५१, काठमाडौँ

काठमाडौँमा ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करण सुरु भएको छ।

होटल हिमालयमा आयोजित महोत्सव शनिबार भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक भुवन ढुंगानालगायतको आतिथ्यमा उद्घाटन गरिएको हो।

आयोजकका अनुसार महोत्सव दुई दिनसम्म चल्नेछ। 

कलिङ साहित्यिक महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिदाले ‘काठमाडौँँ-कलिङ साहित्य महोत्सव’ नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान गर्ने साझा थलो भएको बताए।

धेरै चुनौती पार गरेर यो महोत्सव आयोजना गर्न पाउँदा खुसी लागेको महोत्सवकी संस्थापक तथा निर्देशक रञ्जना निरौलाले बताइन्।

‘आज हामी देशविदेशका विभिन्न ठाउँबाट साहित्यप्रति एकजुट हुँदै साहित्य महोत्सव बनाउन भेला भएका छौँ। यो महोत्सव सर्जकहरूको मात्र भेला नभई विचार, अभिव्यक्ति र अनुभूति, मार्गदर्शन, मनोरञ्जन र ज्ञानको जीवन्त संगम हो,’ उनले भनिन्।

महोत्सवको मुख्य उद्देश्य नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रिकरण गर्ने उद्देश्यले यो महोत्सव सुरु गरिएको उनको भनाइ छ।

कुलपति भूपाल राई यस महोत्सवले सांस्कृतिक अन्तर्क्रियाका माध्यमबाट देशविदेशमा रहेका मानिसहरूलाई जोड्ने बताए।

उनले भने, ‘यो फेस्टिभल सम्पूर्ण सांस्कृतिक गतिविधि र अन्तर्क्रियाले मानवसहित संसारलाई जोड्ने कसरतको आयाम हो। कलिङले साउथ एसियाली देशलाई जोडिरहेको छ। सांस्कृतिक आदानप्रदानले नै सुदूरका मान्छेहरूलाई जोड्छ।’

डेपुटी चिफ अफ मिसन श्रीवास्तवले पनि नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

‘संस्कृतिले धनी सिटी काठमाडौँंमा भारतको प्रतिष्ठित महोत्सव तीन वर्षदेखि भइरहेको छ। भारत र नेपालबीच पुरानो सम्बन्ध छ। यहाँको सम्पदाको भारतसँग गहिरो सम्बन्ध छ। नेपालको कला, साहित्य, संस्कृतिलाई एसियन देशमा फैलाउने फेस्टिभलको मुख्य उद्देश्य हो। नेपाल र भारतबीचको विचार आदानप्रदान गरी बनाउनु पनि हो,’ उनले भने।

काठमाडौँँ-कलिङ साहित्यक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .