भोलिबाट रिलिज हुने फिल्म ‘रावायण’ को अग्रिम बुकिङ खुलेको छ। बुधबारदेखि खुलेको बुकिङमा यस फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन्।
तीजको अवसरमा रिलिज हुन लागेको यस फिल्मले देशभरिका मल्टिप्लेक्सबाट यस फिल्मलाई ११४ शो पाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले यस फिल्मलाई उपत्यकामा २० शो दिएको छ। बिग मुभिज, वान सिनेमाज, एएनआई सिनेमाज लगायतका हलहरुमा पनि सुखद शो पाएको छ।
सुदर्शन थापा निर्देशित यस फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र पलसहितद प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन छ। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ।
Shares
प्रतिक्रिया