विश्वप्रसिद्ध भेनिस फेस्टिभल इटालीमा सुरु भएको छ। फेस्टिभलको ८१ औं संस्करणको ओपनिङको दिन रेडकार्पेटमा चर्चित सेलिब्रेटीहरूले फेसन देखाए।
एमी ज्याक्सनदेखि केट ब्ल्यान्चेट, जेन्ना ओर्टेगा, विनोना राइडर, टेलर रसेल लगायतका सेलिब्रेटीले आफ्नो लुक प्रस्तुत गरे।
फेस्टिभलको ओपनिङमा फिल्म ‘बिटलजुस बिटलजुस’ देखाइएको थियो। आजबाट सुरु भएको फेस्टिभल सेप्टेम्बर ७ सम्म चल्नेछ।
त्यसैगरि, आज राति दीपक रौनियार निर्देशित नेपाली फिल्म ‘राजागञ्जस्पूजा, सर’ को वर्ल्ड प्रिमियर हुँदैछ।
जसको लागि निर्देशक रौनियारसहित आशा मगराती, ऋचा शर्मा र कार्यकारी निर्माता पूर्णसिंह बराइली भेनिस पुगिसकेका छन्।
यसवर्षको फेस्टिभलमा एन्जेलिना जोली, लेडी गागा, जुलियाना मुर्रे लगायतका सेलिब्रेटीहरुको पनि उपस्थिति हुने बताइएको छ।
75
Shares
प्रतिक्रिया