ad ad

कला


‘बोरा’ कृतिका लागि पत्रकार भण्डारीलाई लालबन्दी वाङ्‌मय पुरस्कार

नगर प्रतिभा पुरस्कार पत्रकार शंकर श्रेष्ठलाई
‘बोरा’ कृतिका लागि पत्रकार भण्डारीलाई लालबन्दी वाङ्‌मय पुरस्कार

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १३:८, काठमाडौँ

लालबन्दी नगर वाङ्‌मय परिषद् सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१’ का लागि उत्कृष्ट कृति छनोट गरेको छ।

स्वतन्त्र विज्ञसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिमध्येबाट अखण्ड भण्डारीको कृति ‘बोरा’ आख्यानले लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार- २०८१ हात पारेको हो। यो पुरस्कारको राशी ५० हजार छ। 

त्यसैगरी लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार- २०८१ भने लामो समयदेखि सर्लाहीमा बसेर पत्रकारिता गर्दै आएका शङ्‌कर श्रेष्ठले पाउने भएका छन्। 

लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि २५ हजार छ। यो पुरस्कार आगामी मंसिर १५ गते प्रदान गरिने छ।

त्यसैगरी लालबन्दी नगर वाङ्‌मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१  पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने भएको छ। 

साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्‍न पुगेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको हाे। सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार प्रदान गर्न लागिएकाे परिषद्ले जनाएको छ। 

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका पत्रकार घिमिरेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए। पुरस्कारको राशि रु ५० हजार र सम्मान पत्र छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .