ad ad

कला


यस्तो छ ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ (भिडिओ)

यस्तो छ ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ (भिडिओ)

नेपालखबर
भदौ ९, २०८१ आइतबार १९:५६, काठमाडौँ

असोज ३ गतेबाट प्रदर्शन हुने फिल्म ‘खुस्मा’ दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो।

सुरेन्द्र रानाको शब्द रचना सरेको गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। गीतमा संगीतकार एसडी योगीको संगीत निर्देशन रहेको छ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार धिरज मगर  र उपासना सिंह ठकुरी  फिचर्ड छन्। रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो।

फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्। मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .