ad ad

कला


काठमाडौंमा ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ हुँदै

काठमाडौंमा ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ हुँदै

नेपालखबर
असोज ३, २०८१ बिहिबार १६:३८, काठमाडौँ

काठमाडौंमा दुई दिने राष्ट्रिय चलचित्र कन्फ्रेन्स आयोजना हुने भएको छ। असोज ४ र ५ गते राष्ट्रिय समाचार समिति ९रासस०को सभाहलमा दोस्रो राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुन लागेको हो।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा यस कन्फ्रेन्समा आठवटा कार्यपत्र प्रस्तुती, दुईवटा प्यानल डिस्करन, एउटा किनोट स्पिच र अनुभव सेयरिङको कार्यक्रम तय गरिएको छ।

नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि यस्ता खालका कन्फ्रेन्स र चलचित्र महोत्सवहरू एक महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बौद्धिक तह अनुसन्धानकर्ता, पत्रकार, स्कलर, राजनीतिज्ञ, अभियान्ता, चलचित्रकर्मीहरुको बीचमा निरन्तररुपमा प्राज्ञिक बहस हुनु जरुरी कन्फ्रेन्स संयोजक तथा फिल्ममेकर डा‍ सचिन घिमिरेले बताए।

दुइदिन सम्म चल्ने कन्फ्रेन्समा अनुप सुवेदीको ‘नेपाली फिल्ममा इरानी फिल्मको प्रभाव ’, अरुणदेव जोशीको ‘विश्व सिनेमाको रुपान्तरणस् एसिया तथा अन्य देशका उदयीमान सिनेमाको गुणस्तर, एक विवेचना ’, डा‍ सचिन घिमिरेले पनि फिल्मको विषयमा बोल्नेछन्।

नवनिधि दाहालको ‘पाठ्यक्रम अवलोकनस् त्रिविको विए इन फिल्म स्टडिज’, डब्बु क्षेत्रीको ‘नेपालमा चलचित्र पत्रकारिता विगत देखि वर्तमानसम्म’ र मनोज पण्डितको ‘पटकथाको दार्शनिक आयाम’ कार्यपत्रहरु प्रस्तुत हुनेछन्। ‍

साथै ‘वैकल्पिक भाष्यको मुलप्रवाहीकरणस् सामाजिक यथार्थवादको कसीमा जातीय अन्तर्वस्तु’ र ‘प्रस्तावित चलचित्र विधेयक २०८०’ माथि दुईओटा प्यानल छलफल हुनेछन्।

कन्फ्रेन्सको उद्घाटन सत्रमा वरिष्ठ फिल्म निर्देशक दिपेन्द्र गौचनले किनोट स्पिच रहने छ भने पहिलो दिनेको अन्तिम सेसनमा चलचित्र निर्देशक तुलसी घिमिरेको ‘इतिहासतिर फर्केर हेर्दा ’ शिर्षकमा अनुभव सुनाउनेछन्।

कन्फ्रेन्समा नेपाली चलचित्रकर्मी, प्राज्ञिक, अध्येता, पत्रकार तथा अन्य गरी ५०० जनाभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .