फिल्म ‘स्त्री २’ को गीत आयी नही, पुष्पाको गीत श्रीवल्लीका कोरियोग्राफर जानी मास्टर यौन उत्पीडन (सेक्सुअल ह्यारसमेन्ट) को आरोपमा बिहीबार पक्राउ परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार २१ वर्षीया युवती कोरियोग्राफरले उनीविरुद्ध शारीरिक शोषण गरेको आरोप लगाएकी हुन्।
ती युवतीको जाहेरीका आधारमा जानी मास्टरलाई साइबराबाद प्रहरीले गोवाबाट पक्राउ गरेको हो।
आफ्नो जाहेरीमा कोरियोग्राफर युवतीले आउटडोर सुटिङका क्रममा जानी मास्टरले आफूलाई पटकपटक शारीरिक दुर्व्यवहार गरेको उल्लेख गरेकी छन्।
कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।
ती युवतीले जानी मास्टरले केही वर्षदेखि नै आफूलाई यौन उत्पीडन गरिरहेको बताएकी छन्।
531
Shares

प्रतिक्रिया