तीज विशेष कार्यक्रमका लागि अमेरिका पुगेका कलाकारलाई नेपाल राजदूतावासले स्वागत गरेको छ।
गायिकाहरु शान्ति श्री परियार, ज्योति मगर, रचना रिमाल र मोडल करिश्मा ढकाललाई वासिंगटनडिसीमा राजदूतावासले स्वागत गरेको हो।
कलाकारहरूले पनि स्वागत गरेको तस्विर सामाजिक सञ्जालमा राख्दै खुसी व्यक्त गरिरहेका छन्। गायिका ज्योति मगर फेसबुकमा लेख्छिन्, ‘अरुको लागि राजदूतावास होला तर मेरो लागि यो परदेश मा पनि घर महसुस गर्ने त्यो एउटा स्वर्ग जहाँ म अमेरिका होइन मेरै नेपाल महसुस गर्न सकुँ।’
अमेरिकामा विभिन्न राज्यमा आयोजित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमा यी कलाकारहरूले प्रस्तुति दिइरहेका छन्।
दूतावासले अमेरिकामा रहेका नेपालीलाई आफ्नो कलाको माध्यमबाट नेपालसँग जोडेर जनस्तरमा नेपाल(अमेरिका सम्बन्धलाई अझ गाढा तुल्याउन योगदान दिएको भन्दै राजदूताबासले प्रशंसा गरेको छ।
Shares
प्रतिक्रिया