सलमान खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘सिकन्दर’ चर्चामा छ। सलमानसहित एआर मुरुगादासको एक्सनले भरिपूर्ण थ्रिलर फिल्मको बारेमा लगातार अपडेटहरू आइरहेकाले फ्यानहरूको उत्साह बढ्दै गएको छ।
यस फिल्ममा सलमान खान डबल रोलमा देखिने खबर बाहिरिएको छ।
रिपोर्टअनुसार सलमान आफ्नो आगामी फिल्म ‘सिकन्दर’ मा एक व्यापारीको भूमिका निभाइरहेका छन्, जो समाजमा राम्रो कामका लागि चिनिन्छन्।
साथै, सलमान फिल्ममा ‘दबंग’ को पनि भूमिकामा समेत देखिनेछन्।
अगस्ट २२ बाट शानदार एक्सन सिक्वेन्सको तयारी गरिरहेको छ। विशेष एक्सन सिक्वेन्सका लागि करिब १० हजार पेस्तोल र गोली अर्डर गरिएको छ। यो सिलसिलालाई थ्रिलले भरिपूर्ण बनाउन निकै तयारी भइरहेको भन्दै करिब १० हजार गोली र पेस्तोल अर्डर गरिएको बताइएको छ।
रिपोर्ट अनुसार यो हाई ओक्टेन सिक्वेन्स ४० दिनको समय तालिकामा छायांकन हुनेछ।
फिल्म निर्माताहरूले एक राम्रो केटाको भूमिकामा मुख्य अभिनेतालाई फिचर गरी उच्च ओक्टेन एक्सन दृश्यहरू मार्फत दर्शकहरूलाई आकर्षित गर्ने योजना बनाएका छन्।
पहिलो सेड्युलमा सलमान खानले व्यक्तिगत चार्टर्ड प्लेनमा भिलेनका छोरासँग भिडन्तको दृश्य खिचेका थिए। ‘बाहुबली’ स्टार सत्यराजले फिल्मको एक्सन दृश्यमा आकर्षण थपेका छन्।
नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्दाना देखिनेछिन्।
यो फिल्म सन् २०२५ को इदमा आउने बताइएको छ।
Shares

प्रतिक्रिया