नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा फिल्म ‘नाङ्गो गाउँ’ र ‘दान्भी’ को स्ट्रिमिङ सुरु भएको छ। रक्षा बन्धनको अवसरमा कान्तिपुर सिनेमाजमा दुई फिल्म रिलिज भएका हुन्।
दिपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको यो फिल्म गत वर्ष २९ भदौंमा हलमा रिलिज भएको थियो। दयाह्याङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा अभिनित यो फिल्म बक्सअफिसमा सफल भएको थियो।
त्यस्तै, रुपेश तामाङको निर्देशित ‘दान्भी’ गत असार ७ गते रिलिज भएको थियो। पुजा शर्मा, कुन्साङ बोम्जन लगायतको अनिभय रहेको यस फिल्मले औसत व्यापार गरेको थियो।
हाल कान्तिपुर सिनेमाजमा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरि ३० वटाभन्दा बढी प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन्। यस प्लेटफर्मलाई विश्वभर कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ।
प्रयोगकर्ताले मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सबै कन्टेन्ट हेर्न सकिने र एउटा अकाउन्ट दुई वटा सम्म डिभाईस मा लकइन गर्न सकीने कान्तिपुर सिनेमाजले जनाएको छ।
यो प्लेटफर्मलाई कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको हो।
Shares

प्रतिक्रिया