ad ad

कला


सकियो दुईदिने किताब जात्रा

सकियो दुईदिने किताब जात्रा

नेपालखबर
साउन २०, २०८१ आइतबार १३:२६, काठमाडौँ

किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब जात्रा सकिएको छ।

शनिबार साँझ संगम श्रुतिको सांगीतिक प्रस्तुतिसँगै किताब जात्राको छैठौँ संस्करण सकिएको हो। 

किताब यात्रा फाउन्डेसनले गरेको यस जात्रामा राजनीतिक, पत्रकारिता, सामाज, साहित्य गीतसंगीत र चलचित्र क्षेत्रमाथि अन्तर्क्रिया तथा बहस चलेका थिए। 

३५ सय मानिसले अनलाइन रजिस्ट्रेसन गरेको महोत्सवलाई १० हजार मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ। 

फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले किताब जात्रामा सरकारले सहयोग नगरेकाले विभिन्न अन्तर्राष्ट्रिय लेखक तथा विज्ञ नेपाल ल्याउन नसकिएको बताए।

उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा चर्चित लेखकहरुलाई पनि बोलाएर उनीहरुको कुरा सुन्ने र नेपालका लेखकलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने माहोल बनाउन सकिन्थ्यो। र पनि फाउन्डेसनले यस किसिमको कार्यक्रम आगामी दिन पनि हुने भएको त्यो मौका पाइन्छ भन्ने आस छ।’

दुई वर्षपछि भौतिक रुपमा भएको किताब जात्राले नेपालको पठन संस्कृतिलाई अगाडि बढाउन मद्दत पुर्‍याएको उनको भनाइ छ।

उनले भने, ‘समाजमा ज्ञानको विस्तार, पठन संस्कृतिको विकास र कला, साहित्य, गीत संगीत, राजनीति र पत्रकारहरुलाई बोल्ने मञ्च सिर्जना गराउन सकिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .