ad ad

कला


अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको छैटौं संस्करणका लागि छनोट भए यी फिल्म

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको छैटौं संस्करणका लागि छनोट भए यी फिल्म

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:८, काठमाडौँ

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको छैटौं संस्करण आयोजना हुने भएको छ। आगामी जनवरीको अन्तिम साता काठमाडौंमा हुने महोत्सवमा ४७ देशका १४२ प्रदर्शन हुनेछन्।

महोत्सवमा विभिन्न देशबाट २०४ चलचित्रहरुले आवेदन दिएका थिए। जसमध्ये राष्ट्रियतर्फ ३४ ओटा र अन्तराष्ट्रियतर्फ १०८ ओटा चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु छनोटमा परेका हुन्।

राष्ट्रिय चलचित्रतर्फ बुलाकी, पुजार सार्की, एक भगवत एक गीता, विच्छेद, पखेटा, डेसान, डेस्टिनी चलचित्रहरु समावेश छन्।

त्यस्तै विभिन्न विधाका छोटा चलचित्रमा रित्तो गाउँ, द स्कुल वाल, डाकिनी, निर्देश, थ्रेसहोल्ड, बालक हराएको सूचना, आदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै चलचित्र, लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ।

सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिनेछ।

मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जनाएको छ।

सम्बन्धित निकायहरू आफैंले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु अवार्ड दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .