ad ad

कला


सकियो ‘पूर्ण बहादुरको सारंगी’ को पहिलो चरणको सुटिङ

सकियो ‘पूर्ण बहादुरको सारंगी’ को पहिलो चरणको सुटिङ

नेपालखबर
असार ३०, २०८१ आइतबार १२:३१, काठमाडौँ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो चरणको छायांकन सकिएको छ। 

ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो सेड्युलको सुटिङ पूरा गरिएको निर्माण टिमले जनाएको छ। 

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको सुटिङ गत जेठ २४ गतेबाट सुरु भएको थियो। फिल्मको बाँकी सुटिङ भने काठमाडौँमा गरिनेछ। 

दोस्रो सेड्यूलको छायांकन दसैँपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शकका लागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने दाबी गरे। 

‘वर्षातको समयमा घाम पानी नभनी धेरै दुख गरेर पहिलो चरणको सेड्युल पुरा गरियो, यो फिल्मका लागि स्क्रिप्टको चरण देखिनै मेहनत गरेर आफैँ सेटमा ३६ दिनसम्म खटिएर काम गरियो। फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी भनेकै समयमा छायांकन गर्न पाइयो, फिल्म मेकिङ बारे नयाँ अनुभव भयो त्यसकारण पनि फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु,’ उनले भने।

यस फिल्ममा प्रकाश सपूत, मुकुन भुसाल, विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। बालकलाकारहरु जान्भि पौडेल र स्वायम् केसीको अभिनय छ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो। सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा उनी स्वयमको लेखन रहेको फिल्म गन्धर्व परिवारको कथामा आधारित छ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानीकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ। यस फिल्मलाई आउँदो वर्ष २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .