ad ad

कला


‘एक्लो’ मा जोडिए सुरज सिंह ठकुरी र दिनेश डीसी

‘एक्लो’ मा जोडिए सुरज सिंह ठकुरी र दिनेश डीसी

नेपालखबर
असार २५, २०८१ मंगलबार १२:२६, काठमाडौँ

फिल्म ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेताद्वय सुरज सिंह ठकुरी र दिनेश डीसी अनुबन्धित भएका छन्। सिंह र डिसीसँग निर्माणटिमले औपचारिक सम्झौता गरेको हो। 

प्रदीप शाहीले निर्देशन रहने फिल्मको सुटिङ भदौ दोस्रो साताबाट सुरु हुनेछ। 

यस फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायत अनुबन्धित भइसकेका छन्। 

निर्माण टिम र निर्देशक शाहीका अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्धेश्यका साथ निर्माण गर्न लागिएको छ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ। हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए।

‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खास् विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .