ad ad

कला


साउथ अफ्रिकाका मखिजले जिते ‘मिस्टर सुप्रानेसनल’ को उपाधि

नेपालका धिरोजकाजी बस्नेत कुन स्थानमा?
साउथ अफ्रिकाका मखिजले जिते ‘मिस्टर सुप्रानेसनल’ को उपाधि

नेपालखबर
असार २१, २०८१ शुक्रबार १०:१८, काठमाडौँ

‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि दक्षिण अफ्रिकाका फेजिले मखिजले जितेका छन्। हिजो राति पोल्यान्डको नोवी सास्कमा भएको फिनालेमा ३३ वर्षिय मखिज आठौँ संस्करणका विजेता बन्न सफल भएका हुन्।

क्वाजुलुको पोर्ट शेपस्टोनका मखिज मेडिकल डाक्टर र टेलिभिजन प्रस्तोता हुन्। उनले बाँकी ३५ प्रतिस्पर्धीलाई पछि पार्दै दक्षिण अफ्रिकाका लागि पहिलो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए। 

दक्षिण अफ्रिकाका नयाँ मिस्टर सुपरनेसनलले प्रतियोगितामा काला जातीबाट जित्ने विजेताको रूपमा इतिहास रचे। उनले अर्को वर्ष मिस्टर सुपरनेसनल अर्गनाइजेसनको नयाँ ब्रान्ड एम्बास्टरको भूमिका निर्वाह गर्नेछन् ।

नेदरल्यान्ड्सका केसी डी भ्रिस फस्ट रनरअप घोषित भए। फिलिपिन्सका ब्रान्डन एस्पिरिटु सेकेन्ड रनरअप हुँदा भेनेजुएलाका मार्कोस डे फ्रिटास थर्ड रनरअप भए।

यसपटक नेपालबाट धिरोजकाजी बस्नेतले सहभागी जनाएका थिए।

उनी उत्कृष्ट २० भित्र मात्रै अटाउन सके। यद्धपी, धिरोजले सुप्रानेसनलकै बलियो विधाको रुपमा हेरिने फिटनेश राउन्डमा तेस्रो स्थान बनाउन सफल भए। चितवनका धिरोज भलिबल खेलाडीसमेत हुन्। 

उनले विगत तीनवर्षदेखि अन्डर २३ राष्ट्रिय भलिबल टिममा कप्तानको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .