ad ad

कला


‘ह्रस्व दीर्घ’मा अभिनय गर्न काठमाडौँ आए ‘गजनी’ भिलेन प्रदीप र ‘पुष्पा’ भिलेन सुनील

‘ह्रस्व दीर्घ’मा अभिनय गर्न काठमाडौँ आए ‘गजनी’ भिलेन प्रदीप र ‘पुष्पा’ भिलेन सुनील

नेपालखबर
असार १८, २०८१ मंगलबार १४:१६, काठमाडौँ

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँ उपत्यकामा चौथो चरणको छायांकन भइरहेको छ। सोमबार बिहान ललितपुरस्थित इन्टरनेसनल क्लबबाट छायांकन सुरु गरिएको हो। 

छायांकनकै लागि बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को भिलेन सुनील बर्मा नेपाल आएका छन्। दुवैको भूमिकाको सुटिङ चलिरहेको नीताले जानकारी दिइन्। 

सोमबार बेलुका भारतीय कलाकारसहितको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो। अबको ४ दिनसम्म यो सिनेमाको सुटिङ काठमाडौँका विभिन्न स्थानमा हुने निर्देशक चन्द्र पन्तले बताए। 

पन्तको यो डेब्यु निर्देशकिय फिल्म हो। ‘यो सिनेमाको अन्तिम सेड्युल हो। ४ दिनमा सिनेमाको सम्पूर्ण छायांकन सकिनेछ। त्यसपछि हामी पूर्ण रूपमा सिनेमाको प्रचारप्रसार तथा पोस्टर प्रोडक्सनको काममा लाग्ने छौँ’, उनले भने। 

गजनीका भिलेन प्रदीप रावतले आफूले फिल्ममा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए। यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै उनले नीता राम्रो कलाकारसँगै निर्मातासमेत रहेको बताए। 

यस्तै सुनील बर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुसी लागेको बताएका छन्।

फिल्मको स्क्रिप्टअनुसार फिल्म पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्दै उनले यसले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्न पुलको काम गर्ने बताए।

ह्रस्व दीर्घ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहित रहेको उनले सुनाए।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता हरिहर अधिकारी हुन्। कार्यकारी निर्माता भने धनञ्जय गलानी हुन्।

यस फिल्ममा नीता, हरिहर, प्रदीप र सुनीलका अलावा ब्रह्मानन्दम, अली, कवीरसिंह दुहान, सञ्चिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण के लगायत कलाकारले अभिनय गर्नेछन्। 

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ। सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ।

आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको ब्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .