ad ad

कारोबार


चार्जरमा जोडेको ५ मिनेटमै ८० प्रतिशत चार्ज हुने निबोल्टको कार ब्याट्री

चार्जरमा जोडेको ५ मिनेटमै ८० प्रतिशत चार्ज हुने निबोल्टको कार ब्याट्री

निबोल्टको प्रोटोटाइप कारमा द्रुत चार्जिङ ब्याट्रीको सफल परीक्षण गरिएको छ। तस्बिर : निबोल्ट


नेपालखबर
असार १८, २०८१ मंगलबार १४:२०, काठमाडौँ

एक ब्रिटिस स्टार्टअपले विद्युतीय कार चालकको एउटा चिन्ता हटाउने उपायको खोजी गरेको छ।

क्याम्ब्रिजमा रहेको निबोल्टले एक नयाँ ३५केडब्लुएच लिथियम आयन ब्याट्री विकास गरेको छ। जुन १० प्रतिशतबाट साढे ४ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ। 

गत हप्ता गरिएको प्रदर्शनमा उक्त सफलता देखिएको एजेन्सीहरुले जनाएका छन्। 

सीएनएनका अनुसार अहिले केही विद्युतीय कारले फास्ट चार्जर प्रयोग गरिरहेका छन्। जुन २० मिनेटभन्दा बढी समयमा मात्र उक्त हिसाबले चार्ज हुन्छ। जस्तो कि टेस्लाकै सुपरचार्जर। 

निबोल्टका सहसंस्थापक एवं प्रमुख कार्यकारी (सीईओ) साई शिवरेड्डीले कम्पनीले बेलायत र अमेरिकामा गरेको अनुसन्धानबाट नयाँ ब्याट्री प्रविधि ल्याएको र तयारी अवस्थामा रहेको बताए। 

निबोल्टको प्रविधि एक दशक लगाएर युनिभर्सिटी अफ क्याम्ब्रिजका ब्याट्री वैज्ञानिकले गरेको अनुसन्धानपछि आएको हो। शिवरेड्डी क्याम्ब्रिजकै उत्पादक हुन्। यो ब्याट्रीको डिजाइन नै त्यसरी गरिएको छ। जस्तो कि यसले कम हिट जेनेरेट गर्छ। यस्तै यो प्रविधिले ब्याट्री अत्यधिक तातेर हुने असुरक्षालाई समेत निवारण गर्ने कम्पनीको भनाइ छ। धेरै तात्दा लिथियम आयन ब्याट्रीले आगलागी र विस्फोटसम्मको डर हुन्छ। 

यो ब्याट्रीमा इलेक्ट्रोनहरुको छिटो ट्रान्सफरलाई जोड दिएको छ। निबोल्टले अहिले यी ब्याट्रीहरु बिक्रीको तयारी गरिरहेको छ। हालसम्म ८ वटा विद्युतीय कार कम्पनीसँग छलफल भइरहेको कम्पनीले जनाएको छ। ३५केडब्लुएचको यो ब्याट्री अहिले धेरैजसो अमेरिकन इलेक्ट्रिक भेहिकल (ईभी)मा प्रयोग भइरहेको ८५ केडब्लुएच ब्याट्रीभन्दा निकै सानो हो। भविष्यमा ठूला ब्याट्री प्याकमा समेत यो प्रविधि प्रयोग हुनसक्नेछ। 

लामो समय चार्ज गरिराख्नुपर्ने अवस्था रहेको बेला यो प्रविधि सफल भए ईभीहरुका लागि ठूलो राहत हुनेछ। 

निबोल्टको स्वतन्त्र परीक्षण एक ठूलो ग्लोबल उत्पादकले गरेको र यसबाट ४००० फास्ट चार्ज साइकल प्राप्त हुने बताइएको छ। यो भनेको ६ लाख माइल वा ९ लाख ६५ हजार ६ सय किमि बराबर हो।

ब्याट्री प्रविधि आए पनि यसअनुसारका औद्योगिक तहमा यसको उत्पादनलाई कतिपयले चुनौतीपूर्ण भनेका छन्। विज्ञहरुका अनुसार निबोल्टका ब्याट्रीमा प्रयोग भएको महत्त्वपूर्ण केमिकल लियोबायम गत वर्ष अनुमानित ९४ हजार ५ सय टन मात्र विश्वव्यापी रुपमा माइन भएको छ। लिथियम आयन ब्याट्रीमा हाल सहज रुपमा ग्राफाइट प्रयोग भएको छ। जुन सन् २०२३ मा १८ लाख टन उत्पादन भएको थियो। 

त्यस्तै नियोबायम ब्याट्री प्रविधिबारे अहिले नै धेरै जानकारी आइसकेको छैन। 

अहिले सुस्त चार्जिङसँगै अमेरिका र युरोपमा ईभीको रेन्जले मानिसहरुमा चिन्ता थपिरहेको छ। मानिसहरुले आफूले चाहेको गन्तव्यमा पुग्न पर्याप्त चार्ज नहुने समस्या झेलिरहेका छन्। खासगरी लामो रेन्जमा ईभीमा जाँदा यस्तो समस्या छ। सीएनएनबाट 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .