ad ad

कला


सकियो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, यी फिल्मले जिते पुरस्कार

सकियो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, यी फिल्मले जिते पुरस्कार

नेपालखबर
असार ११, २०८१ मंगलबार १७:६, काठमाडौँ

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौ संस्करण सकिएको छ। फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’ प्रदर्शनसँगै विभिन्न विधामा चलचित्रलाई पुरस्कृत गरिएको थियो।

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तान लगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन गरिएको थियो।

महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए।

समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए। निर्देशक सुब्बाले नेपाली चलचित्रको  अन्तर्राष्ट्रियकरणमा यस्तो चलचित्र महोत्सव महत्वपूर्ण हुने बताए। उनले महोत्सले नयाँ चलचित्र निर्देशक, निर्माता र कलाकारहरुलाई पनि विकास गरिरहेको उनले बताए।

‘यस वर्ष फेस्टिभलमा युवा चलचित्रकमीहरुको उपस्थिति बढेको देखेको छु। यसले पक्कै पनि फेस्टिभलको विकास हुँदै गएको देखाउँछ। भविष्यमा हाम्रो कथा, डायस्पोरामा रहेका नेपालीहरुको कथाहरु सर्वव्यापी हुन फेस्टिभलले ठूलो अर्थ राख्छ भन्ने मैले बुझेको छु’, उनले भने ।

चार दिनसम्म मेरिल्याण्ड राज्यको एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ देखाइएको थियो।

फेस्टिभलमा पाकिस्तानी फिल्म ‘वखरी’ले निकै प्रशंसा बटुलेको छ। आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौं संस्करण उत्साहजनक रुपमा सम्पन्न भएको बताए।

यस्तो छ विजेताको सूची:

बेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)

जुरी अवार्ड : मम्

इम्पावर्डमेन्ट अवार्ड

वखरी, पाकिस्तान

डीएमभी क्लोजअप

मेरा दादु (माई ग्रान्डपा)

डकुमेन्ट्री

अडिएन्स च्वाइस– नो मोनास्ट्री नो भिलेज

उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज

सर्ट फिल्म

बेस्ट सर्ट न्यारेटिभ : सनई

बेस्ट सट् इन्टरनेसनल : न्यान्गा

नेपाली पानोरमा : धे ड्रीम्स

इन्टरनेश्नल फिचर तर्फ

बेस्ट न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .