काठमाडौँको टेकुस्थित कौसी थिएटरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ।
आकांक्षा कार्कीको निर्देशन रहेको यो नाटक असार ६ गतेदेखि मञ्चन हुनेछ। कथा घेरा प्रोडक्सनको छैटौं वार्षिकोत्सवको अवसरमा नाटक मञ्चन हुन लागेको हो।
असार ६ गते नाटकको प्रिमियरसँगै नियमित मञ्चन हुनेछ। यो नाटक टेरिसा रिबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली रूपान्तरणमा तयार भएको हो।
नाटकलाई प्रियंकरले नेपालीमा अनुवाद गरेका हुन्। नाटक प्रायः कार्यस्थलमा हुने नारीद्वेषी चेत र व्यवहारमाथि व्यंग्यमा केन्द्रित छ।
नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय छ।
नाटक असार ३१ गतेसम्म चल्नेछ।
138
Shares
प्रतिक्रिया