ad ad

राजनीति


३८ वर्षपछि जर्मनीको बर्लिनमा नेपालका राष्ट्रप्रमुख (तस्बिरहरू)

३८ वर्षपछि जर्मनीको बर्लिनमा नेपालका राष्ट्रप्रमुख (तस्बिरहरू)

नेपालखबर
असार ३, २०८१ सोमबार १३:४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गरेको छ।

पौडेल स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी कार्यक्रममा सहभागिता जनाएर शनिबार राति जर्मनी पुगेका हुन्।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ता हुने कार्यक्रम छ।

त्यसअघि उनको सम्मानमा नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह राखेको थियो।

समारोहमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे।

राष्ट्रप्रमुखको तहबाट ३८ वर्षपछि राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्।

नेपालको तर्फबाट पहिलोपटक सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले राजकीय भ्रमण गरेका थिए। त्यसयता नेपालबाट राष्ट्रप्रमुखको तहबाट औपचारिक भ्रमण हुन सकेको थिएन।

तस्बिरहरूः बर्लिनस्थित राजदूतावास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .